• Monday 5th of October 2026

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित


  • धनकुटा खबर
  • .

एजेन्सी – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा अफगानिस्तानमाथि रोमान्चक जित हात पारेको छ । नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

नेपालले अफगानिस्तानलाई २५-१९,१९-२५, २२-२५, २५-२१ र १५-१० ले जित हात पारेको हो । पहिलो सेट जितेपनि नेपालले त्यसपछि लगातार दुई सेट गुमाएपछि एक समय २-१ ले पछि थियो । तर चौथो र पाँचौं सेटमा जितका साथ नेपालले खेल जितेको हो ।

नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बहोरेको थियो । दोस्रो खेलमाआयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖