• Wednesday 7th of October 2026

वायु सेवा निगमको एयरबस–३३० आज राति २:३० बजे इजरायल उड्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । युद्धग्रस्त इजरायलमा फसेका नेपालीलाई नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल उड्ने भएको छ । निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए ।

हवाई उडान तथा अवतरणका लागि आवश्यक सबै प्रक्रिया, रुट पर्मिटका साथै चार्टर्ड फ्लाइटका लागि इन्स्योरेन्स समेत सबै गरिसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘जहाज आज राति २ः३० बजे उड्ने र बिहान करिब ९ः३० बजे इजरायल ल्यान्ड गर्ने समय तालिका तय भएको छ । यद्यपि, जहाजमा कोको जाने, कसको नेतृत्वमा उडान हुने भन्ने यकिन भइसकेको छैन । यसैको तयारीमा अहिले निगम लागिरहेको छ’ उनले रातोपाटीसँग भने ।

निगमको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । दुबई हुँदै जाने उडानका लागि रुट पर्मिट (उडान अनुमति) लिनुपर्ने हुँदा जहाज उडानमा केही ढिला हुन गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । तर, चार्टर्ड उडानका लागि नेपालका तर्फबाट भने निगमलाई कुनै रोकटोक नहुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖