• Monday 5th of October 2026

अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तानले घरेलु टिम भारतलाई २७३ रनको लक्ष्य दिएको छ।

दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन जोड्यो।

अफगानिस्तानका लागि कप्तान हश्मतुल्लाह शाहिदीले ८० रनको योगदान गरे। उनले ८८ बलमा ८ चौका र १ छक्क प्रहार गरे।

अजमतुल्लाह ओमारजाइले ६२ रन बटुले। उलने ६९ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए।

३५ ओभर चल्दै गर्दा ‌ओमारजाइलाई चौथो विकेटको रूपमा गुमाउँदा अफगानिस्तानले १८४ रन जोडेको थियो।

त्यसपछि भने अफगानिस्तानको रनको गति रोकिएको थियो। अफगानिस्तानका नाबी १९ रन र नाजीबुल्लाह जार्डान २ रनमै आउट भएका थिए। रासिद खानले फेरि अफगानिस्तानलाई अघि बढाउन खोजे पनि उनी १२ बलमा १६ रन जोडेर आउट भए।

अफगानिस्तानका ओपनरद्वय रहमुल्लाह गुरबाजले २१ रन र इब्राहिम जर्द्रनले २२ रन जोड्न सके। रहमत शाह १५ रनमा आउट भए।
बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिन सफल भए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖