• Monday 5th of October 2026

कप्तान देव सतक बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । कप्तान देव खनालले इरानविरुद्धको खेलर्मा सतक बनाएका छन् ।

मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपाल र इरानबीच प्रतिस्पर्धा भईरहेको छ । नेपाल टस हारेर ब्याटिङ गरिरहेको छ ।

तेस्रो नम्बर क्रिजमा आएका कप्तान कप्तान देवले बलमा सतक बनाएका हुन् । उनले १९औं ओभरको अन्तिम बलमा एक रन लिँदै सतक बनाएका थिए । २०.१ बलमा भने क्याच आउट भएका छन् । यसअघि देवले ३३ बलमा ५० रन बनाएका हुन् ।

नेपालका ओपनर अर्जुन कुमाल गोल्डेन डकआउट भएका थिए । अर्का ओपनर दिपक बोहराले अर्धसतक बनाएका छन् । उनी ६३ रन बनाएर क्रिजमा छन् ।

यसैबीच देव र दीपकबीच एक सय ६६ रनको साझेदारी भएको थियो । नेपालले तीन विकेट गुमाउँदा एक सय ७८ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖