• Monday 5th of October 2026

इरानविरुद्ध नेपालको सानदार बलिङ


  • धनकुटा खबर
  • .

एजेन्सी – नेपालले यू१९ प्रिमियर कपमा इरानविरुद्ध बलिङमा पनि सानदार प्रदर्शन गरेको छ । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरानले १९ ओभरमा ५ विकेट गुमाउँदा ५६ रन बनाएकोछ ।

इरानका ओपनर आमेर खोर्सन्द २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रनमा आउट भए । उनी आकाश चन्दको बलमा मिलन बोहराबाट क्याच आउट भएका थिए । अन्य इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समान शेखीलाई सुवास भण्डारीले ५ रनमा बोल्ड आउट गरे । सलमान निजामान्द दीपेश कँडेलको बलमा १ रनमा बोल्ड आउट भए । दीपेशले अर्सलान शेखीलाई २ रनमा बोल्ड आउट गरे । सलिम ताल २ रनमा सुवास भण्डारीको बलमा क्याच आउट भए । नेपालका सुवास भण्डारी र दीपेश कँडेलले दुई दुई विकेट लिएका छन् ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५६ रनमा अल आउट भएको थियो । नेपालका देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖