• Wednesday 7th of October 2026

झापामा पहिचानवादीसँग मिसिए दुर्गा प्रसाईँका कार्यकर्ता, महेश बस्नेत सहभागी कार्यक्रमका गाडी फुटाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले कार्यकर्ताको गाडी फुटाइएको छ ।

पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको एमालेको कार्यक्रममा गाडी तोडफोड गरिएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीले बताए ।

कार्यक्रममा अवरोध प्रयाससमेत गरिएको थियो । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖