• Wednesday 7th of October 2026

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रम भाँड्न नसकेपछि दुर्गा प्रसाईँका कार्यकर्ताले फुटाए पार्किङका गाडी


  • धनकुटा खबर
  • .

काठमाडौं । झापाको अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रम भाँड्न नसकेपछि दुर्गा प्रसाईँका कार्यकर्ताले सोही कार्यक्रमको पार्किङ स्थलमा राखिएका गाडी तोडफोड गरेका छन् ।

मोसोको प्रतिसोध साध्ने भन्दै प्रसाईका कार्यकर्ताले पहिचानवादीसँग मिलेर राष्ट्रिय युवा संघ नेपालको कार्यक्रम भाँड्ने योजना बनाएका थिए । पछिल्लो समय राजावादी अभियानमा लागेका प्रसाईँले एमाले पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतलाई झापामा पाइलो टेक्नै नदिने अभिव्यक्ति दिएका थिए ।

तर अर्जुनधारामा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा महेश बस्नेत सहभागि भए । कार्यक्रममा युवा संघका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेपछि प्रसाइका कार्यकर्ताले कार्यक्रम भाड्न असफल भयपछि उनिहरु गाडी तोडफोड गरेर भागेका थिए ।

कार्यक्रम विथोल्न नसकेपछि कोही नभएको मौका छोपी पार्किङमा राखिएका सर्वसाधारण र सहभगिहरुका गाडी तोडफोड गरी उनीहरू भागेका हुन् ।

उता राष्ट्रिय युवा संघ नेपालले घटनामा संलग्नलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अघि नबढाए आफैँ प्रतिवादमा उत्रिने चेतावनी दिएका छ । यसको विरोधमा आजै साझ दुर्गा प्रसाईको झापा स्थित घरलाई युवा संघका कार्यकर्ताले घेरा हालेका छन् , सयौको सन्ख्यामा उपस्थित भएका प्रहरीहरुले उनिहरुलाई रोकेका थिए । उनिहरुले अराजकता प्रदर्शन गर्ने प्रसाई र उनका कार्यकर्तालाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।

संघले प्रसाईंलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिको संज्ञा दिएको छ । आजको गाडी तोडफोडको घट्नामा संलग्नहरुलाई यथाशिघ्र पक्राउ गरेर कडाभन्दा कडा कानूनी कारबाहीको दायरामा ल्याउपनि संघले माग गरेको छ ।

आजै राष्टिय युवा संघ, नेपालको झापा जिल्ला कमिटीले दुर्गा प्रसाईं सहभागी हुने सबै कार्यक्रम विथोल्ने चेतावनी दिएको छ। जिल्ला कमिटीका संयोजक फुर्वा लामाले एक प्रेस विज्ञप्ती जारी गरेर यस्तो चेतावनी दिएका हुन् । संघको अर्जुनधारा नगर कमिटी, झापाको प्रथम नगर अधिवेशनको उद्घाटनपछि संघका नेता, कार्यकर्ता र सर्वसाधारणले सडकको पेटीमा पार्किंग गरेर रोखका सवारीसाधनमा प्रसाईंले नै भाडाका मान्छे परिचालन गरेर कथित पहिचानवादीको नाममा तोडफोड गरेको भन्दै त्यस घट्नाले आफूहरुलार्य उत्तेजित र आक्रामक बनाएको लामाको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖