• Wednesday 7th of October 2026

अमेरिकाको जेलभित्र नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

अमेरिकाको जेलमा रहेका एक नेपाली युवकको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार न्युयोर्कस्थित राइकर्स आइल्यान्ड जेलमा रहेका २७ वर्षीय मनीष कुँवरको मृत्यु भएको हो ।

यही अक्टोबर ५ तारिख बिहान जेलभित्रै उनको मृत्यु भएको हो । जेल परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए । उनको मृत्युको कारण खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

डकैती आरोपमा कुँवर गत सेप्टेम्बर २७ मा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दामा क्विन्सको अपराध अदालतले यही अक्टोबर २७ मा सुनुवाइ गर्दै थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖