• Wednesday 7th of October 2026

आज दुवै सदनको बैठक : यस्तो छ सम्भावित कार्यसूची


  • धनकुटा खबर
  • .

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दिउँसो २ बजे र राष्ट्रियसभा बैठक बिहान ११:३१ बजे निर्धारण गरिएको छ ।

प्रतिनिधिसभामा अहिलेसम्म प्रस्तुत हुन नसकेका सांसदका मौखिक तथा लिखित प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय दलित आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सभामुख देवराज घिमिरेले १० वा सोभन्दा बढी बेठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेश गर्ने पनि कार्यसूचीमा छ ।

त्यस्तै राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन पेश गर्ने, राष्ट्रियसभा नियमावली संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव, अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव, शहीद दशरथ चन् स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पेश गर्नेलगायतका कार्यसूची रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖