• Wednesday 7th of October 2026

सिंहदरबारबाट कृष्ण पहाडीसहित १६ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

पक्राउ पर्नेमा २ महिला र १४ जना पुरुष छन् । विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्ने माग राखेर उनीहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका हुन् । पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖