• Wednesday 7th of October 2026

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ


  • धनकुटा खबर
  • .

बर्दियामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरले ती किशोरीलाई सोही नगरपालिका ३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।

साथै पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बस्ने २९ वर्षीय अतलबहादुर थारूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖