• Wednesday 7th of October 2026

राहुल महरालाई थुनामा पठाउन आदेश


  • धनकुटा खबर
  • .

काठमाडौ । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन अदालतले आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो।

जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको बताए।

उनले भने,’राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।’

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रकारी वकिल कार्यालयलाई राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

सिआइबीको सिफारिस अनुसार सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको थियो।

राहुल महरासँगै तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सिआइबीले राय दिएको हो। भियना होटलका मालिक दावा छिरिङ भने हाल राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन प्रकरणमा समेत संलग्न रहेकाले पुर्पक्षका लागि थुनामा छन्।

सिआइबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ। भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो कायम गर्न पनि सिआइबीले सुझाएको छ। २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिक ली हासोङको योजनामा भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भेटिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖