• Wednesday 7th of October 2026

आफ्ना बचाउने प्रचण्ड चाहना मनको लड्डु घ्युसँग खानुसरह भयो :महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भेपमा राखेर भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा प्रतिक्रिया दिएका छन् ।

उनले आफ्ना बचाउने प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना अहिले मनको लड्डु घ्युसँग खानुसरह भएको टिप्पणी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई आज (शुक्रबार) पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको थियो । अदालतको आदेशसँगै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖