• Wednesday 7th of October 2026

शान्ति सेनामा गएका एक नेपाली सैनिकको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । शान्ति सेनामा गएका एक सैनिकको निधन भएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि ‘युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा खटिएका नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौं डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार निधन भएको नेपाली सेनाले जनाएको छ।

खोटाङ फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी प्युठ भुपजित राई उक्त गणअन्तर्गत ‘ट्याक्टिकल अपरेटिङ बेस’जिनामा कार्यरत रहँदा बिरामी भई थप उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्युठ भुपजितको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖