• Wednesday 7th of October 2026

थापाले संसदीय दलबाट दिए राजीनामा


  • धनकुटा खबर
  • .

कोशी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्।कांग्रेस केदार कार्की शनिबार नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि संसदीय दलका नेता थापाले राजीनामा दिएका हुन्। उनले नैतिकताका आधारमा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको जनाएका छन्।

शनिबार प्रदेश संसदीय दललाई दिएको राजीनामा पत्रमा थापाले भनेका छन, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसूस गरी आजको मितिदेखि लागू हुने गरी नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरने छु।’

कांग्रेस संसदीय दलले मुख्यमन्त्रीमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सांसद इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर, डा. शेखर कोइराला पक्षधरका आठ सांसदले विरोध गरेका थिए। उनीहरूले एमालेको समर्थन लिएर कार्कीलाई अघि बढाएका थिए।

एमालेका ३९ र कांग्रेसका आठ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेसमा संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖