• Monday 5th of October 2026

भारतसँग पाकिस्तान १ सय ९१ रनमा अलआउट


  • धनकुटा खबर
  • .

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान एक सय ९१ रनमा अलआउट भएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो ।

उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए । यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए ।

भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖