काठमाडौं – नेपालले यू१९ प्रिमियर कपमा आज बहराइनविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार ७ : १५ मा सुरु हुनुपर्ने हो । तर खेल ढिलो सुरु हुने पक्का भएको हो । खेलको टस बिहान ६ : ४५ मा हुनुपर्ने थियो । तर हालसम्म टस भएको छैन ।
नेपालले पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको थियो । नेपालले अन्तिम खेल कार्तिक २ मा साउदी अरेवियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।
समूह ए मा नेपाल १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलका साथ २ अंक नै भएपनि साउदी अरेविया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जित विहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् । नेपाल आजको खेलमा विजयी हुँदा सेमिफाइनल सम्भावना मजबुत बन्नेछ ।
यू१९ प्रिमियर कपमा समूह :
समूह ए – नेपाल, बहराइन, साउदी अरेविया र इरान ।
समूह बी – युएई, ओमान, कतार र चीन ।
समूह सी – सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स ।
समूह डी – हङकङ, मलेसिया जापान र इन्डोनएसिया ।
खेल – खेल ५० ओभरको हुनेछ ।
हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालको टोली :
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल(कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।
