• Sunday 4th of October 2026

करिब ५ लाख मानिसले उत्तरी गाजा छाडे : आईडीएफ


  • धनकुटा खबर
  • .

गाजा । इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजाबाट करिब ५ लाख मानिस छाडेको जनाएको छ । आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकसले उत्तरी गाजाबाट करिब पाँच लाख मानिसले छाडेको र हमासले उत्तरी क्षेत्र छोड्न चाहनेहरूका लागि कठिनाइ सिर्जना गरिरहेको दाबी गरेका हुन्।

आईडीएफले नागरिकहरूका लागि दुईवटा सुरक्षित निकासी मार्गहरू सिर्जना गरेको र सैन्य अपरेशन अगाडि बढ्दै जाँदा गाजा शहरमा नागरिकहरू बस्न असुरक्षित हुने उनको भनाई छ। यद्यपि इजरायली सेनाले सुरक्षित उद्धारको घोषणा गरेको बाटोमा शुक्रबार भएको बम विस्फोटमा ७० जनाको मृत्यु भएको थियो ।

जब कोनरिकसलाई सो विस्फोटको बारेमा सोधियो, उनले आईडीएफले सक्रिय रूपमा नागरिकहरूलाई लक्षित नगर्ने दोहोर्‍याए । तर, प्रेस ब्रिफिङका क्रममा उनले कारबाहीमा सर्वसाधारणको हताहत पूर्ण रूपमा रोक्न नसकिने संकेत पनि गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖