• Thursday 8th of October 2026

पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि प्रहरी निगरानी, एकैदिन ८३ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरु पक्राउ परेका छन् । पठाओ र इनड्राइभरको नाममा अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आइतबार काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले बताए ।

काठमाडौंका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न राइडरहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको बताए ।

उनका अनुसार विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले अफलाइन राइडरहरुलाई कारबाही गरिएको हो ।पछिल्लो समय अफलाइन सवारी सुरक्षित नहुने भन्दै ध्यानाकषर्ण गराउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖