• Thursday 8th of October 2026

एसईई खारेज होइन, अझ परिस्कृत गर्नुपर्छ


  • धनकुटा खबर
  • .

भक्तपुर । भक्तपुरका निजी विद्यालय सञ्चालकहरुले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज गर्न लागिएकोप्रति आपत्ति जनाएका छन् । उनीहरुले विद्यार्थीहरुको मूल्याकंन गर्न कुनै न कुनै प्रकारको परीक्षा आवश्यक रहेकोमा जोड दिँदै एसईई हटाउन नहुनेमा जोड दिएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले बडादशैं, तिहार, नेपाल संवत ११४४ र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले विद्यालयीय शिक्षा ध्वस्त बनाउन एसईई परीक्षा खारेज गर्न लागिएको दाबी गरे ।

उनीहरुले शैक्षिक गुणस्तर वृद्धि गर्न हरेक कक्षाको परीक्षा एवं मूल्यांकन पद्धतिलाई समयानुकूल परिमार्जन र परिस्कृत गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्काले कक्षा १२ सम्मकै शिक्षण सिकाइ विधि र मूल्याकंन पद्धतिमा समय सापेक्ष परिवर्तन गरिनुपर्ने बताए ।

नेशनल प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष एवं इमेज स्कुलका प्रिन्सिपल शिवकृष्ण कवां, उपाध्यक्ष रामप्रसाद खाताखो, सचिव कुमार थापा मगर, सहसचिव दिनेश शाक्य, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न राईलगायतले शिक्षण सिकाइ मूल्यांकन गर्ने विधि आवश्यक हुने भएकाले एसईई परीक्षा हटाउन नहुने धारणा राखे ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जीबी खड्का र पुण्यराम कवांलाई जिल्ला समिति सल्लाहकार तथा अधिवक्ता राधाकृष्ण भण्डारीलाई कानूनी सल्लाहकारमा मनोनयन गरिएको पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖