• Thursday 8th of October 2026

टक–शोमा मदिरा पिएर बोलेको आरोप लागेपछि सांसद बजगाईंको यस्तो छ स्पष्टी


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ असोज । नेपाली कांग्रेका सांसद राजेन्द्र बजगाईँले आफूमाथि पत्रकार ऋषि धमलाको टक–शो जनता जान्न चाहन्छन् कार्यक्रममा जाँदा मदिरा सेवन गरेको आरोप लागेपछि स्पष्टीकरण दिएका छन् । उनले आफूले पत्रकार धमलासँग कठोर सम्वाद गरेको र मदिरा सेवन नगरेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्-

अमेरिकी संसदमा Socialization Bar हरू छन्। Senate र Congress मा दुवै तिर विधायकहरू दिउसै रक्सी पिईदिन्छन्। London School of Economics मा Bar छ। कुन त्यस्तो नेता होस् जो मदिरा सेवन गर्दैन!

ख्यातिप्राप्त टेली शो “जनता जान्न चाहन्छन्” मा घटास्थापनाको दिनमा मैले ऋषि धमला जी संग कठोर संवाद गरेको थिएँ।
उपरोक्त संवादमा मैले निरपेक्ष भएको पार्टीका पदाधिकारी, कोशी काण्ड र देशको कार्यदिशाको बारेमा संवाद गर्दै गर्दा मदिरा सेवन गरेर बोलेको अनर्गल टिप्पणी आईरहेको पनि पाएँ।

दर्शक र आम सर्वसाधारणमा त्यसकिसिमले विचार फैल्याउनु निकै असान्दर्भिक देख्छु। त्यो रातिको पल थियो। दर्शकलाई के थाह मैले मदिरा पिएको थिएँ कि रूघा खोकी ज्वोरो पो थियो कि अस्वस्थ पो थिएँ कि! मेरो लवजी बोली अलि त्यस्तै पो हो कि? तर टिप्पणी गर्ने प्रति न गुनासो नै छ न खेद नै।

ल भयो रे पिउछन् रे राजनीति गर्नेहरू! उनिहरू लुकेर किन पिउछन् कि ढोंग गर्छन्? अमेरिकी संसदमा Socialization Bar हरू छन्। Senate र Congress मा दुवै तिर विधायकहरू दिउसै रक्सी पिईदिन्छन्। हामी त स्वनिर्भर हौं आफैले किनेर खान्छौं। एकाध राजनीतिज्ञ रक्सी पिउँदैन तर धुस पिदिन्छन् नि!

मदिरा खाएर सार्वजनिक स्थल यातायात हुलदंगा गर्न वर्जित छ। अस्पताल विद्यालयमा जान मिल्दैन। मदिरा सेवन गरेर सवारी साधन चलाउन मिल्दैन। कुनै अपराध संलग्न हुदैनन् गाली गर्दैनन् भने विदाको दिनमा आफूलाई मन पर्ने पहिरन लगाउन पाईन्छ रमाईलो संग टीभी मा बोल्न पाईन्छ। तर परिस्थिति त्यो थिएन। जय नेपाल!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖