• Thursday 8th of October 2026

एमालेको ‘मिसन-०८४’ एकल बहुमतको सरकार : ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका हुन्।

जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे उक्त मिसन असम्भव नरहेको ओलीको भनाइ छ । उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताए ।

‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार,’ उनले भने ।

कांग्रेसले आफूलाई अद्यावधिक गर्न नसकेको पनि अध्यक्ष ओलीको आरोप छ । ‘आफूलाई अध्यावधिक गर्न सकेन भने बूढो हुन्छ । हामी नेपाली कांग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बूढो हुन्छ भन्दा नेपाली कांग्रेस जसरी । त्यो देखिएको छ । नेपाली कांग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन,’उनले भने । अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖