• Monday 5th of October 2026

आज लाओसविरुद्ध खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटमा नेपालले मंगलबार दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ ।

वियनतियानेस्थित लाओसको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

काठमाडौंको दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।

बौनफाचन बोनकोन्गले खेलको ३३ औं मिनेटमा गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तेस्रो मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काएका थिए ।

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह एचमा रहेका बहराईन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

पहिलो लेगमा उत्कृष्ट प्रर्दशन गरेको लाओसले दोस्रो लेगमा घरेलु मैदानमा पाहुना टोली नेपाललाई दबाबमा राख्न खोज्नेछ । पहिलो खेलमा गोल गरेका कप्तान समेत रहेका फरवार्ड बोनकोन्गले लाओसको टिमको नेतृत्व गर्नेछन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् ।

अहिलेसम्म लाओससँग नहारेको नेपालले पुरानै बिरासतलाई कायम राख्दै दोस्रो चरण पुग्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖