• Monday 5th of October 2026

रोनाल्डो चम्किदा पोर्चुगलको सहज जित


  • धनकुटा खबर
  • .

काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ५–० ले हराएको छ ।

सोमबार राति सहज जित निकाल्ने क्रममा रोनाल्डोले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज, जोआओ कन्सेलो र जोआओ फेलिक्सले समान एक गोल गरेका थिए ।

पोर्चुगलले पहिलो हाफमै पाँच गोल गरेको थियो । दोस्रो हाफमा रोनाल्डो, फर्नान्डेज र फेलिक्सले नयाँ खेलाडीलाई अवसर दिएका थिए ।

जितपछि युरो २०२४ छनोटको समूह ‘जे’ मा पोर्चुगल आठ खेलबाट २४ अंकसहित शीर्षस्थानमा छ । यो समूहबाट १६ अंकको स्लोभाकियापछि युरोमा स्थान बनायो । पराजित बोस्निया पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖