• Thursday 8th of October 2026

अध्यक्ष ओली – मलाई अरू धेरै भन्नु छैन,सरकार स्थायी होइन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन् ।सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार कहिल्यै पनि स्थायी नहुने बताए ।

उनले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताए । उनले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताए ।

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभई रमाउनु पनि राजनीति रहेको बताए । उनले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताए । उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको बताए ।

अध्यक्ष ओलीले सेन्सर बोर्डले चलचित्र देशको अहित हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भने मात्र रोक्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖