• Thursday 8th of October 2026

महिन्द्रराय यादव – ‘माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन्छ’


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं खानेपानीमन्त्री महिन्द्रराय यादवले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता हुने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै यादवले नेकपा समाजवादी बनाउने सर्तमा नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीच छिटै एकता हुने बताउनु भएको हो।

जनता समाजवादी पार्टीले निषेधको राजनीति गरेकाले समाजवादी मोर्चामा आफ्नो पार्टी अटाउन नसकेको उहाँको भनाई थियो। जसपाले बाबुरामलाई ल्याउने हो भने हामी आउँदैनौं भनेपछि प्रचण्डले त्यसै अनुसार गरेको उहाँको आरोप थियो।तर माओवादीको ३२ सिटमा आफ्नो संख्या पनि जोडिएको बताउनुभयो।

फरक प्रसङगमा उहाँले मुलुकको आर्थिक अवस्था बीआरआईको ऋण लिने खालको नभएको बताउनुभयो। यद्यपी प्रधानमन्त्रीको भारत, चीन,अमेरिका र इटालीको भ्रमण फलदायी भ्रमण भएको पनि दावी गर्नुभयो। साथै मन्त्री यादवले गठबन्धनको सरकार आगामी पाँच वर्ष नै चल्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖