• Thursday 8th of October 2026

इजरायलबाट थप १९ जना नेपालीको उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौं। इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ।

सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्रालयले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जनाएकाे छ।

मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ।

यसअघि पहिलो चरणमा इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको थियाे। नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट उनीहरुलाई नेपाल ल्याइएको थियाे ।

उनीहरुलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु बिहीबार इजरायल गएका थिए।

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु

– नन्दसिंह भुल

– सुजेन्द्र खड्का

– प्रतिभा रौनियार

– अनुमा डंगोल

– हिना खाँण

– आतिस गुरुङ

– जुनु गुरुङ

– मौसमी पाख्रिन

– प्रतिमा तिम्सिना

– राजकुमार मानन्धर

– संगीता दुलाल

– उर्मिला रावल

– ममता थापा

– दिलकुमारी अधिकारी कार्की

– निश्चल श्रेष्ठ

– समिता बस्नेत

– अम्बिका सुवेदी

– सरिता गुरुङ

– उर्मिला श्रेष्ठ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖