• Thursday 8th of October 2026

दुर्गा प्रसाईँलाई महेश बस्नेतको आरोप- एमालेले संरक्षण नगर्ने देखेपछि राजावादी भए


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईँलाई अपराधि भन्दै उनको वैशाखी टेकेर फेरि राजा बनेर आउने सपना नदेख्न आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा प्रसाईं अहिले राप्रपा नेताभन्दा उग्र राजावादी भएर निस्किएको बताए।

उनले भने, ‘दुर्गा प्रसाईँ हिजो एमालेमा तपाईंहरुले केही भन्नुभएन भन्ने प्रश्न उठेको छ । एमालेमा उ नेकपा एकीकरणको समयमा प्रचण्डसँग टाँसिएर आएको हो । एमाले भएर आएको होइन । उसले ओलीको पक्षमा राम्रो कुरा गर्थ्यो । जब उसले राजेन्द्र लिङ्देनको क्षेत्रबाट उठ्ने कुरा गर्‍यो । एमालेले झापा लगायतको क्षेत्रमा सहकार्य गरेपछि राप्रपालाई टिकट दिने स्थिति बनेपछि उसले एमाले छाड्यो ।’

एमालेले प्रसाईँका बैंक ठगिदेखिको असंख्य अपराध संरक्षण नगर्ने देखेपछि राजावादी भएको आरोप लगाए।
उनले भने, ‘राजावादी पनि राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रलगायतका नेताहरूभन्दा उग्र राजावादी छ। अनि राजा ज्ञानेन्द्र नारायणहिटीमा बसेर जुँगा मुडारिरहेका होलान् दुर्गा प्रसाईँजस्ता अपराधीको वैशाखी टेकेर म फेरि आउँला भनेर। त्यस्ता सपना नदेखे हुन्छ ज्ञानेन्द्रजी। तिम्रा विरुद्ध नेपाली जनताका अभियानहरू चलाउनुपर्यो भने गाह्रो हुन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖