• Monday 5th of October 2026

सेनाका गजेन्द्र राईले जिते ११ औं लिगलिगे दौडको उपाधि


  • धनकुटा खबर
  • .

बिकास मरहट्टा, गोरखा । गोरखाको पालुङटारमा बुधवार आयोजित ११ औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । उपाधि जितेसँगै उनी ११ औं ‘लिगलिगे राजा’ बन्न सफल भएका छन् ।

चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । खोटाङ घर भएका उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।

निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन् । त्यसैगरी यसअघिका बिजेता अनिस थापा यसपटक तेस्रो बनेका छन् । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।

दौडको उपाधि बिजेता राईलाई विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोेजक लिगलिग विकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए । त्यस्तै एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइने बताइएको छ । दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।-अनलाइनखबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖