काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।
बुधबार टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै विकेट पाएको छ ।
सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिदै यूएईमाथि दबाब बनाएका छन् ।
उनले यूएईका खालिद साहलाई आउट गरेका छन् ।
नेपालका करण केसीले दोस्रो विकेटको रुपमा अलिसान शराफुलाई आउट गर्दै नेपाललाई शानदार सुरुआत दिएका छन् ।
टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् ।
त्रिकोणात्मक सिरिजमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिएको छ ।
