• Monday 5th of October 2026

युएईविरूद्ध गुल्सन झाले लिए दुई विकेट


  • धनकुटा खबर
  • .

त्रिदेशीय टी-२० सिरिजअन्तर्गत युएईविरूद्ध नेपालले ८.४ ओभरसम्ममा ४ विकेट लिएको छ।

नेपालका लागि तेस्रो र चौथो विकेट गुल्सन झाले लिएका छन्। टी-२० मा आफ्नो पहिलो विकेट लिएका उनले आफ्नो बलिङको पहिलो बलमै युएईका कप्तान मोहमद वासीमलाई १७ रनमा आउट गरे।

यस्तै गुल्सनले ८.४ ओभरमा युएईका आसिफ खानलाज्ञ १५ रनमा आउट गरे। त्यतिबेला युएईले ५२ रन जोड्दा ४ विकेट गुमाएको स्थिति थियो।
त्यसअघि मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले ३.१ ओभरमा सुरूवाती दुई विकेट गुमाएको थियो।

ओपनर खालिद शाहलाई शून्यमा सोमपाल कामीले रोहित पौडेलबाट पहिलो ओभरको अन्तिम बलमा क्याच गराए।

यस्तै अलिशान शाराफुलाई ६ रनमा करण केसीले विकेटकिपर आसिफ शेखबाट क्याच गराए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖