• Monday 5th of October 2026

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो। यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए।

यस्तै अली नासिरले पनि ३२ रन जोडे। हमिद र नासिरबीच पाचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।

५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धसतकीय साझेदारी गरेका हुन्। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे। करनले चार ओभरमा केवल १९ रन खर्चिए।

विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖