• Monday 5th of October 2026

२३ रन बनाएर आउट भए आसिफ शेख


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेख २३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले आउट हुनुअघि २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनको विकेट अली नासिरले लिएका हुन् ।

उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ५१ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖