• Monday 5th of October 2026

ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै मुलपानी क्रिकेट रंगशाला


  • धनकुटा खबर
  • .

काठमाडौं । मुलपानी क्रिकेट रंगशाला(माथिल्लो) ले बुधबार हुने नेपाल र यूएईको खेलबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्ने भएको छ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

एकदिवसीयको खेल भइसके पनि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भने मुलपानीको मैदान पहिलो पटक प्रयोग हुनेछ । यससँगै मुलपानी ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउने १ सय ९० औं क्रिकेट रंगशाला बन्ने छ ।

यसैगरी मुलपानी ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउने नेपालको दोस्रो क्रिकेट रंगशाला बन्नेछ । यसअघि सन् २०१९ मा कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानले ट्वान्टी-२० मान्यता पाएको थियो ।

गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपको खेलमार्फत मुलपानी क्रिकेट रंगशालाले एकदीवसीय मान्यता प्राप्त गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖