• Tuesday 6th of October 2026

नेपालका ओपनर अर्जुन र दीपक जम्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । ओपनर अर्जुन कुमाल र दीपक बोहराले साउदी अरेबियाविरुद्धको निर्णायक खेलमा सानदार ओपनिङ गरेका छन् । पहिलो पावर प्ले सकिँदा नेपालले बिना विकेट ६१ रन बनाएको छ ।

अर्जुनले २९ बलमा ३२ र दीपकले ३१ बलमा २३ रन बनाएका छन् ।

एसिसी पुरुष प्रिमियर कपको तेस्रो खेलमा अहिले नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेको नेपाल ब्याटिङ गरिरहेको छ ।

मलेसियाको बान्गीमा हुने खेलमा जित निकाल्ने टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र साउदी अपराजित छन् । नेपाल दुई खेलबाट चार अंकसहित शीर्षस्थानमा छ । समान अंक भएपनि नेटरनरेटमा साउदी दोस्रो स्थानमा छ ।

एक खेल जितेको बहराइन र बिना अंकको इरान प्रतियोगिताबाट बाहिरिसकेका छन् । देव खनालको कप्तानीमा नेपाल लगातार खेल जित्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा कप्तान देवको सतक मद्धतमा इरानलाई दुई सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । यता, साउदीले बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको हो ।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसिसी एसिया कपमा स्थान बनाउनेछ । नेपाल च्याम्पियन हुँदै एसिया कपमा स्थान बनाउने योजनामा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖