• Tuesday 6th of October 2026

आठ रन बनाउँदै आउट भए कुशल भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन् ।

उनी आठ रन बनाउँदै हङ्कङका एहसान खानको बलमा बोल्ड भए । उनले आठ बलको सामना गरी एक चौका पनि हिर्काए । नेपालले चार ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर २८ रन बनाएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । पहिले ब्याटिङ गरेको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖