• Tuesday 6th of October 2026

दीपेशको घातक बलिङमा साउदीविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं,२ कार्तिक । नेपाल एसीसी-यू १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले हराउँदै नेपाल अर्को चरणमा प्रवेश गरेको हो । नेपालले दिएको ३४८ रनको विजयी लक्ष्य पछ्याएको साउदी अरब १९ ओभरमा ४६ रनमा अलआउट भएपछि नेपालले शानदार जित हात पारेको हो । साउदीका लागि बरुन मुदलियरले सबैभन्दा बढी ११ रन जोडे। साउदीका अरु ब्याटर नेपाली बलरसामू चल्न नसक्दा दोहोरो अंकमा रन जोड्न असफल रहे।

साउदीलाई सस्तैमा रोक्नेक्रममा नेपालका दीपेश कँडेलले घातक बलिङ गर्दै ५ विकेट चट्काए । ९ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर ५ विकेट लिएपछि साउदीको इनिङस धरापमा परेको थियो । त्यस्तै आकाश चन्दले २ र सुवास भण्डारीले १ विकेट लिएपछि साउदी अरबले लज्जास्पद हार बेहोर्न माध्य भएको हो ।

यसअघि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रनको विशाल पारी निर्माण गरेको थियो । नेपालका लागि ओपनर अर्जुन कुमालले कीर्तिमान शतक बनाएका थिए । उनल १४२ रनको विशाल पारी निर्माण गरे । भने दीपकप्रसाद डुम्रेले ८९ रन जोड ।

आजको जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖