• Thursday 8th of October 2026

पेट्रोलियम पदार्थमा उपभोक्ता ठगी गर्ने हरिसिद्धी पेट्रोल पम्प सिल


  • धनकुटा खबर
  • .

काठमाडौं, २ कात्तिक । पेट्रोलियम पदार्थमा उपभोक्ता ठगी गरेको पाइएपछि काठमाडौंको शान्तिनगरस्थित रहेको हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।

आज (बिहिबार) अनुगमनका क्रममा उपभोक्ताहरुलाई कम परिणाममा पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि सिलबन्दी गरिएको हो ।

विभिन्न पेट्रोल पम्पहरुले उपभोक्तहरुलाई परिमाणमा ठगी गरेको गुनासो बढेपछि प्रधानमन्त्रीको निर्देशनमा अनुगमन थालिएको थियो । अनुगमनमा प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनिधिहरु रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖