• Thursday 8th of October 2026

बिनाअनुमति चर्चले स्वास्थ्य शिविर गरेपछि मेडिकल काउन्सिलले गरायो बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको एक चर्चमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर नेपाल मेडिकल काउन्सिलले बन्द गरएको छ ।

बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा बुधबारदेखि सुरु भएको तीनदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार बन्द गराइएको हो ।

चर्चले अनुमतिबिना विदेशी चिकित्सक ल्याइ परीक्षण गराइरहेको पाइएपछि बन्द गर्ने निर्देशन दिइएको हो ।

काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीले अनुगमनमा पुग्दा शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको पाइएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖