• Tuesday 6th of October 2026

गुलशन झाले लिए युएईको तेस्रो विकेट


  • धनकुटा खबर
  • .

त्रिदेशीय टी-२० सिरिजमा नेपालका गुलशन झाले युएईको तेस्रो विकेट लिएका छन्।

सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको तेस्रो विकेट लिएको छ।

गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरेका हुन्। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरे।

सोमपाल कामीले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।
सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए।

खेलको १० ओभर सकिँदा तीन विकेट गुमाएर युएईले ६९ रन बनाएको छ।

नेपालले यस सिरिजमा लगातार तीन जित हात पारिसकेको छ। हङकङलाई दुई पटक र युएईलाई एक पटक पराजित गरिसकेको छ।
तीन जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ।

त्यसअघि बुधबार युएई र हङकङबीच मुलपानीमा खेल हुनेछ। आइतबार युएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖