• Tuesday 6th of October 2026

विराटको शानदार इनिङ्सपछि अनुष्काको प्रतिक्रिया, भनिन्, ‘तिमीमाथि गर्व छ’


  • धनकुटा खबर
  • .

धर्मशाला । विराट कोहलीको अर्को शानदार इनिङ्सका कारण भारतले विश्वकपमा लगातार पाँचौं जित दर्ता गरेको छ । आइतबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । लक्ष्य पछ्याउने क्रममा विराट कोहलीले ९५ रनको इनिङ खेले ।

यस खेलमा विराटलाई समर्थन गर्न अनुष्का शर्मा स्टेडियममा थिइनन् । तर, उनले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छिन् । विराटको यो म्याच जिताउने इनिङ्समा अनुष्काले गर्व महसुस गरिरहेको बताएकी छिन् । उल्लेखनीय छ कि विराटको यो इनिङका कारण भारतले २० वर्षपछि आईसीसी प्रतियोगितामा न्युजिल्याण्डलाई हराएको हो ।

अनुष्काले पति विराटका लागि ‘स्टर्म चेजर’ शब्द प्रयोग गरेकी छिन् । यसको मतलब एक व्यक्तिले ठूलो आँधीबेहरीलाई पछ्याउँदै आफ्नो लक्ष्य प्राप्त गर्दछ। यो विराटको लागि पनि सत्य हो किनभने एक समय टीम इन्डियाको अवस्था बिग्रिएको थियो। राम्रो सुरुआत गरे पनि एक छेउमा लगातार विकेट पतन भइरहेको थियो ।विराट एक छेउमा उभिए र अन्तिमसम्म लडे र टोलीलाई जित दिलाए। अनुष्काले एक नभई तीनवटा स्टोरी सेयर गरेकी छन् ।

अनुष्का शर्मा विराटलाई चियर गर्न स्टेडियम पुगिरहेकी छिन् । यद्यपि उनी यस खेलमा उपस्थित थिएनन्। यसपटक उनी घरबाट खेल हेर्दै थिइन् । उनी पाकिस्तानविरुद्धको खेलका लागि भने रंगशाला पुगेकी थिइन् । अनुष्का र भारतका कप्तान रोहित शर्माकी पत्नी ऋतिका सजदेह सँगै बसेका थिए ।

विराटको खराब प्रदर्शनका कारण अनुष्कालाई ट्रोल गरिन्थ्यो

एक समय थियो जब विराटको खराब प्रदर्शनका कारण अनुष्कालाई ट्रोल गरिएको थियो । सन् २०१५ मा विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियासँग टिम इन्डिया नराम्ररी पराजित भएको थियो । यो खेलमा विराट कोहली सस्तोमा आउट भए ।

खेल सकिएपछि मानिसहरूले विराटको पोस्टर जलाए। उनीसँगै मानिसहरुले अनुष्कालाई पनि निशाना बनाएका छन् । यद्यपि त्यतिबेलासम्म दुवैले विवाह गरेका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖