• Tuesday 6th of October 2026

वर्षाको कारण नेपाल र युएईबीचको जारी खेल अवरूद्ध


  • धनकुटा खबर
  • .

एसिसी यू–१९ प्रिमियर कपको उपाधिका मलेसियामा जारी नेपाल र युएईबीचको खेल वर्षाका कारण अवरूद्ध बनेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले युएईलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो।
वर्षाका कारण खेल हुन सकेको छैन।

नेपालका लागि कप्तान देव खनाले कीर्तिमानी शतक पूरा गरेका थिए। उनले ९० बलमा शतक रन पुरा गरेका थिए ।

नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।

कप्तान खनाल र अर्जुन कुमालले १२५ रनको साझेदारी गरेका थिए। कुमाल २६औं ओभरको पाँचौं बलमा आउट भए। उनले ५५ रनको योगदान दिएका थिए।

उत्तम थापामगरले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।
उता युएईका हरित शेट्टीले ५ विकेट लिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖