• Tuesday 6th of October 2026

टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया


  • धनकुटा खबर
  • .

काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

फिरोज शाह कोटला मैदानमा अबको केहीबेरमा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीचको खेल सुरु हुँदैछ ।

४ खेल खेलेको अस्ट्रेलियाले २ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। अस्ट्रेलिया अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ।

यस्तै स्टक एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्डस् जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको नेदरल्यान्ड्सले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖