• Tuesday 6th of October 2026

नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनायो


  • धनकुटा खबर
  • .

भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ।

भारतको फिरोज शाह कोटला मैदानमा दिउँसो २ : १५ बाट सुरु भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा विकेट ८ गुमाएर ३९९ रन बनाएको हो।अस्ट्रेलियाका डेविड वॉर्नर र ग्लेन मैक्सवेलले सतकिय पाली खेले। वॉर्नरले १०४ तथा ग्लेन मैक्सवेलले १०६ रन बनाए।

त्यसैगरी अस्ट्रेलियाका स्टीव स्मिथले ७१ रन तथा मार्नस लाबुशेनले ६२ रन बनाए।

नेदरल्यान्ड्सका लोगन वैन बीकले ४ विकेट तथा बास डलीडेले २ विकेट लिए।

पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आजको खेलमा जित हात पार्दै आफ्नो अङ्क तालिकामा स्थान सुधार्न चाहन्छ। प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। ४ खेल खेलेको अस्ट्रेलियाले २ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। अस्ट्रेलिया अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ।

यस्तै स्टक एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्डस्ले जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको नेदरल्यान्ड्सले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको सातौ स्थानमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖