• Thursday 8th of October 2026

भलिबल खेलाडी श्रेष्ठ मृत भेटिए


  • धनकुटा खबर
  • .

९ कात्तिक, काठमाडौं । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ ।

‘बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सा’बसहितको टोली पठाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘उहाँ पुगेर थप अनुसन्धान सुरु हुन्छ ।’

उनी गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।

उनी धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ ।

श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖