काठमाडौं । नेकपा एमालेको चियापान कार्यक्रम १५ गतेलाई सरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए ।
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक सवा १२ बजेदेखि सुरु हुने उनले बताए ।
