• Thursday 8th of October 2026

मेलामा विवाद हुँदा युवकको हत्या


  • धनकुटा खबर
  • .

१० कात्तिक, जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।

हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए ।

घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन । आज पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖