• Thursday 8th of October 2026

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहालले बाेलाएपछि ओली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा उनले ओलीसँग भेटघाट गर्न चाहेका थिए।

भेटवार्तामा समसामयिक राजनीतिक विषय र संक्रमणकालीन न्याय टुँगो लगाउनेबारे छलफल भएको बताइएको छ। गत असोज २० गते पनि दुई नेताबीच भेट भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖