• Thursday 8th of October 2026

आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन


  • धनकुटा खबर
  • .

काठमाडौं, १० कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको दाबी गर्दैै आरके शर्माले नेतृत्वको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ ।

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा शर्मा, महासचिवमा बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।

निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरु दुई जना उम्मेदवार शर्मा र महेशकुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए । सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले सपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्द सत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।

आरके शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ । परराष्ट्रमा निवदेन दर्ता गराएपछि शुक्रबार कार्यालय समय सकिएकाले आइतबारमात्रै बालुवाटार जाने तय भएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖