• Thursday 8th of October 2026

उदयमान कवि प्रचण्ड भाष्करको मृत्यु


  • धनकुटा खबर
  • .

कञ्चनपुरः कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को २९ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको शुक्रवार निधन भएको हो।

भीमदत्त नगरपालिका–१७ मझगाँउस्थित आफ्नै निवासमा निधन भएको पारिवारक स्रोतले बताएको छ। क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्लीसहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो।

बैतडीको शिवनाथ गाउँपालिका–२ शर्मालीमा जन्मिएका प्रचण्ड उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए। छोटो समयमै डोट्याली र नेपाली भाषाका कविता लेखेका थिए।-दिनेश खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖